२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

पूर्वप्रधानमन्त्री ओलीलाई पितृशोक



काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ ।
ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ भने साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १ : ११ बजे