काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा व्यहोरेको हारको कारणसहित प्रतिवेदन पठाउन परिपत्र गरेको छ । महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलको संयुक्त हस्ताक्षर भएको परिपत्रमा चुनावमा हारका कारणससहितको समीक्षा मागिएको छ ।
१६५ निर्वाचन क्षेत्रमै गरिएको परिपत्रले पार्टी हारको वास्तविकतामा पुगेर समीक्षा गर्न सहज हुने महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए ।





