सुर्खेत । मुगु र जुम्ला भ्रमणका निम्ति निस्किएकी प्रधानमन्त्री सुशीला कार्की बिहीबार ९चैत ५० बिहान सुर्खेत आइपुगेकी छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आएकी हुन् ।
सुर्खेतबाट प्रधानमन्त्री कार्की मुगुस्थित राराताल पुगेर सुरक्षा निकायका प्रमुखसँग भेटघाट र त्यहाँको अवलोकन गर्ने कार्यक्रम छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार, दुई जिल्लाको भ्रमणपछि प्रधानमन्त्री कार्की शुक्रबार (चैत ६)त्यहीँबाट जनकपुर जाने कार्यक्रम छ ।





