८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध



नवलपरासी । बुटवल–नारायणगढ सडकखण्ड अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेखण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्रभावित भएको हो । सडकखण्ड शुक्रबार ९चैत ६०देखि अवरुद्ध छ ।

वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का एसपी युवराज खड्काले बताए ।

दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकेर बीचबाटोमै फसिरहेको उनले जानकारी दिए ।

“पानी रोकिए पनि सडक सुधार हुनसकेको छैन । हिलो र लेदोका कारण सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ,” उनले भने, “पूर्वबाट पश्चिम जाने सवारीसाधन उकालोमा चिप्लिएकाले सञ्चालन हुनसकेका छैनन् भने पश्चिमबाट पूर्वतर्फ जाने सवारी भने केही मात्रामा सञ्चालन भइरहेका छन् ।”

तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु र चालक बाटोमै अलपत्र परेका छन् । लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधन सडकमा रोकिँदा गन्तव्यमा पुग्न ढिलाइ भएको छ ।

दाउन्नेखण्डमा सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षामा समेत बाटो अवरुद्ध हुने समस्या दोहोरिँदै आएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । अवरुद्ध सडक खुलाउन मर्मत तथा सुधारको प्रयास भइरहेको आयोजनाले जानकारी दिएको छ ।

यसैबीच, नारायणघाट–बुटवल सडक योजना कार्यालयले आज ९चैत ८०सम्म त्यहाँ प्रत्येक दिन बेलुका ७ः०० देखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । हाल साना तथा आकस्मिक सेवाका सवारीसाधन समेत प्रभावित भएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १० : ५८ बजे