काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (चैत ११)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय० प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो २० रुपैयाँ, आलु रातो ९भारतीय० प्रतिकिलो २२ रुपैयाँ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो ३६ रुपैयाँ रहेको छ ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ८०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ९०, काउली तराई प्रतिकिलो ६५, सेतो मूला (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ७५ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बोडी (तने०)प्रतिकिलो १८० रुपैयाँ, मटरकोसा प्रतिकिलो ६०, घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ७०, तिते करेला प्रतिकिलो १७०, लौका प्रतिकिलो १००, परवर ९तराई० प्रतिकिलो १३०, घिरौँला प्रतिकिलो १३०, फर्सी पाकेको प्रतिकिलो ६५, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो रु १००, हरियो फर्सी ९डल्लो० प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ९०, पिँडालु प्रतिकिलो ६० र स्कुस प्रतिकिलो ५५ कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो ८०, पालुंगो प्रतिकेजी ११०, चमसुर प्रतिकिलो ११०, तोरीसाग प्रतिकिलो ५०, मेथी प्रतिकिलो ११०, हरियो प्याज प्रतिकिलो ७०, बकुला प्रतिकिलो ६०, तरुल प्रतिकिलो ७०, च्याउ ९कन्य० प्रतिकिलो १८०, च्याउ ९डल्ले० प्रतिकिलो ३२०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।
कुरिलो प्रतिकिलो ५००, निगुरो प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो १००, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी १२०, कोइरालो प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो ६०, जिरीको साग प्रतिकिलो ८०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो २००, सौफको साग प्रतिकिलो ११०, पुदिना प्रतिकिलो १२०, गान्टे मूला प्रतिकिलो ५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५०, गुन्द्रुक प्रतिकिलो ३२० र रूखटमाटर प्रतिकेजी ३०० तोकिएको छ ।
स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो ३००, केरा ९दर्जन० २२०, कागती प्रतिकिलो २५०, अनार प्रतिकिलो ३५०, अङ्गुर ९हरियो० प्रतिकिलो २२०, अङ्गुर ९कालो० प्रतिकिलो ३५०, सुन्तला ९भारतीय० प्रतिकिलो १५०, तरबुजा हरियो प्रतिकिलो ५०, भुइँकटहर प्रतिगोटा १७०, काँक्रो ९लोकल० प्रतिकिलो ५५, काँक्रो ९हाइब्रिड० प्रतिकिलो ३५, काँक्रो ९लोकलक्रस० प्रतिकिलो ४५, रुखकटहर प्रतिकिलो १२०, निबुवा प्रतिकिलो ८०, नास्पाती ९चाइनिज० प्रतिकिलो २५०, मेवा ९नेपाली० प्रतिकिलो ७०, मेवा ९भारतीय० प्रतिकिलो ११०, किनु प्रतिकिलो १३०, स्ट्रबेरी प्रतिकिलो ३५०, किबी प्रतिकिलो ४०० र एभोकाडो प्रतिकिलो ४०० निर्धारण गरिएको छ ।
यसैगरी, अमला प्रतिकिलो १६०, अदुवा प्रतिकिलो ११०, सुकेको खुर्सानी प्रतिकिलो ४२०, खुर्सानी ९हरियो० प्रतिकिलो १८०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो १६०, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो ८००, भेडे खुर्सानी प्रतिकिलो १००, हरियो लसुन प्रतिकिलो ७०, हरियो धनियाँ प्रतिकिलो ८०, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो२५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो २००, छ्यापी सुकेको प्रतिकिलो १२०, छ्यापी हरियो प्रतिकिलो ६०, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३५०, ताजा माछा ९बचुवा० प्रतिकिलो २८० र ताजा माछा ९छडी० प्रतिकिलो २५० निर्धारण गरिएको छ ।





