१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

तोलामा ४६ सयले घट्यो सुनको मूल्य, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सुनमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार (चैत १३) सुन तोलामा ४६ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार, आजका लागि प्रतितोला दुई लाख ८१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ११ : ४३ बजे