काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार (चैत १३) सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालायमा उनले पदबहाली गरेकी हुन् ।
मन्त्रालयका सचिवद्वय डा। दीपककुमार खराल र डा। राजेन्द्रप्रसाद मिश्रले उनलाई स्वागत गरे । उनीहरूले मन्त्रालयका गतिविधिबारे ‘ब्रिफिङ’ गरे ।
कृषिप्रधान देश नेपालमा मुलुकको कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत कृषि क्षेत्रको योगदान रहँदै आएको छ । ५० प्रतिशत जनशक्ति यो क्षेत्रमा संलग्न छन् ।
हाल कुल बजेटको तीन प्रतिशत बजेट यो क्षेत्रमा विनियोजन हुँदै आएकामा ८० प्रतिशतसम्म खर्च हुँदै आएको सचिवद्वयले जानकारी गराए ।
त्यस अवसरमा मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्य छिनोफानो भएर आएपछि मात्र मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताइन् ।





