१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

कानुनभन्दा माथि कोही छैन : गृहमन्त्री गुरुङ



काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताए । शनिबार बिहान पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएपछि सामाजिक सञ्जालमा लेख्नुहुँदै गृहमन्त्री गुरुङले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताए ।

‘ कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उहाँले लेख्नुभएको छ, ‘‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’’
उनले अब देशले नयाँ दिशा दिने पनि बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : २८ बजे