२४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026

संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा



काठमाडौँ । संघीय संसदअन्तर्गतका तीन ओटा समितिको बैठक आज बस्दैछ । सबै बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक संघीय संसद सचिवालयमा बस्नेछ । बैठकमा समितिको सभापति निर्वाचनसम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ । यस्तै, सिंहदरबार स्थित संसद भवन नं २ मा बस्ने अर्को बैठक समितिका ज्येष्ठ सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा सञ्चालन हुनेछ ।
उक्त बैठकमा नयाँ माननीय सदस्यहरूको स्वागत, सभापति निर्वाचन तथा विविध विषयमा छलफल गरिने जनाइएको छ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३२४औँ बैठक पनि आजै बस्दैछ । बैठकमा समितिको सभापति निर्वाचन र अन्य विविध विषयमा छलफल हुनेछ । उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठक पनि दिउँसो १ बजे नै बस्नेछ ।
बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम ९१०० बमोजिम रिक्त रहेको सभापति पदको निर्वाचन, नयाँ सदस्यहरूको स्वागत तथा अन्य विषयमा छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १० : ३८ बजे