९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

‘ग्लोबल मनि विक’मा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम, १५ सयभन्दा बढी लाभान्वित



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ‘ग्लोबल मनि विक अभियान,२०२६’अन्तर्गत १५ सयभन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।

विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनि विक यस वर्ष ‘स्मार्ट मनि टक्स’ नारासहित मनाइएको हो । जसअन्तर्गत बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत गर्ने बानी, कर्जा लगानी, कजाको सदुपयोग, डिजिटल बैंकिङ सेवाहरु, वित्तीय ठगी लगायत विषयमा विद्यार्थी तथा युवाहरुलाई सचेतना एवं अभिमुखीकरण गराएको हो ।

बैंकले विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । वित्तीय साक्षरता अभियानलाई थप फराकिलो बनाउँदै बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन गरी प्रकाशन तथा प्रसारण पनि गर्दै आएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १० : १२ बजे