१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

कार्की आयोगको प्रतिवेदन पूर्वाग्राही : सभापति थापा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ गते भएको ुजेन(जीु आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही रहेको टिप्पणी गरेका छन्।
कांग्रेस केन्द्रीय समितिले आज हेटौँडामा आयोजना गरेको बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले उक्त घटनाको सम्बन्धमा सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए। उनले नयाँ सरकारले भ्रष्टाचार वा गैरकानुनी सम्पत्ति आर्जनका विषयमा अनुसन्धान गर्दा कानुन, विधि र प्रक्रियालाई कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गरे। अनुसन्धानका नाममा कसैप्रति पूर्वाग्रही व्यवहार नगर्न आग्रह गर्दै थापाले विधिको शासन प्रधानमन्त्री लगायत सबैले मान्नुपर्ने बताए।

त्यस्तै, कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका क्रियाशील सदस्यहरूले अब डिजिटल प्रविधिको सदुपयोग गर्दै नयाँ जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताए। उनले पार्टीका नीति र सिद्धान्तलाई हरेक नागरिकसम्म पुर्‍याउन सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिएका छन्।

उक्त समीक्षा कार्यक्रम गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजयको कारण र आगामी दिशाबारे छलफल गर्न आयोजना गरिएको थियो।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १ : ५० बजे