१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।

उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यहीँ वैशाख ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ९ : ३५ बजे