काठमाडौं । स्थानीय बजारमा आइतबार (वैशाख १३)सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९९ हजार २०० रुपैयाँ कायम छ । शुक्रबार ९वैशाख ११० छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
१३ बैशाख २०८३, आइतबार
98
Shares





