काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानुनविपरीत गतिविधि नगर्न निर्देशन दिएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले अनुमति बिना अस्पतालमा प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीको फोटो(भिडियो खिच्ने तथा अनावश्यक भिडभाड गरी उपचार प्रक्रियामा अवरोध पुर्याउने काम नगर्न सचेत गराएको हो।
मन्त्रालयले पछिल्लो समय यस्ता गतिविधि बढेको भन्दै यसबाट बिरामीको गोपनीयता हनन हुनुका साथै स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर परेको जनाएको छ। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने वा दबाब दिने कार्य प्रचलित कानुनको उल्लङ्घन भएको मन्त्रालयको ठहर छ।
१७ बैशाख २०८३, बिहिबार
0
Shares





