१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

झापा पुगेर कांग्रेस उपसभापति शर्माले भने- समयअनुसारको कांग्रेस बनाउछौँ



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा बिहीबार (वैशाख १७) गृहजिल्ला झापा पुगेका छन् । बिहिबार झापामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली कांग्रेस पार्टी व्यवस्थित बनाउँदै परिमार्जित र बदलिएको समयअनुसारको दल बनाउने बताए ।

उनले भने, “निर्वाचन आयोगबाट पनि टुंगो लागेर, सर्वोच्च अदालतले पनि टुंगो लगाइसकेको अवस्था छ । अहिले हामी १५औँ महाधिवेशनतर्फ अगाडि बढेका छौँ । लोकतन्त्रमा फरक, विचारसहित छलफल गर्न पाउने अधिकार छ, यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ ।”

आफ्नो उमेरजति नै राजनीति गरिसकेका अग्रजहरूलाई सँगसँगै लिएर जाने उनले बताए । सदनमा नेपाली कांग्रेसको भूमिका संयमित, खबरदारीपूर्ण ढंगले रहने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  १२ : ३८ बजे