२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

कांग्रेस संसद् समन्वय बोर्डको बैठक ३ बजे बस्दै



काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले काँग्रेस संसदीय दलको विधान ९संशोधन र परिमार्जनसहित, २०८३० को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक बस्न लागेको हो ।

बैठक दिउँसो ३ बजे बस्नेछ । बैठक काँग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताए । कांग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरूलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ९ : ५९ बजे