२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

आज बागमती प्रदेशमा सार्वजनिक बिदा



मकवानपुर । बागमती प्रदेश सरकारले आज प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही वैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको जनाइएको छ ।
सो अनुसार प्रदेश मातहतका सरकारी कार्यालयसँगै सरकारी विद्यालयहरूमा बिदा दिइएको छ ।
काठमाडौँ उपत्यकाका प्रदेश मातहतका सरकारी कार्यालय र सबै सरकारी विद्यालयहरूमा पनि बिदा दिइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  १० : ३१ बजे