२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस



काठमाडौँ– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३र८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई बुझाएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेललले आज अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाएको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकारसमक्ष एक प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ३ : ५३ बजे