३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

प्रतिपक्षको बिरोेधपछि प्रतिनिधि सभाको आजको बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन संसदमा नगएपछि प्रतिपक्षी दलहरूले विरोध गरेपछि संसद बैठक स्थगित भएको छ ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बैठकमा उपस्थित हुनुपर्ने माग गर्दै सांसदहरु उठेपछि बैठक स्थगित गरिएको हो ।
तर सत्तारूढ रास्वपाले प्रधानमन्त्री उपस्थित हुनैपर्छ भन्ने नरहेको बताएको थियो।

सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : ३७ बजे