३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन



काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाले आज पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा ९४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
सभापति थापाले मनोनयन गर्नुभएका श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्ष थिए ।
श्रेष्ठको नेतृत्वमा जेनजी आन्दोलनमा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयसमेत पुनर्निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ११ : २३ बजे