५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ सुरु



काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका डा.मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ । त्यसका लागि आज बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा। शर्माविरुद्ध परेका उजुरी खोल्ने तथा सुनुवाइसम्बन्धी कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिनुभयो । स्रोतका अनुसार उहाँविरुद्ध सात वटा उजुरी परेका छन् ।

गत २४ वैशाखमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा। मनोज कुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ८ : ०५ बजे