७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरको सचेतना र पूर्वतयारीमा मुख्यमन्त्री पाण्डेको जोड



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमा नियमित सचेतना र पूर्वतयारी आवश्यक रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्की र सुरक्षा निकायहरूको संयुक्त आयोजनामा पोखरामा सम्पन्न कृत्रिम उद्धार अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले विपद्को समयमा हुने मानवीय र भौतिक क्षति कम गर्न पूर्वसूचना प्रणाली, प्रभावकारी समन्वय र नियमित अभ्यासले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्ता जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले विपद् व्यवस्थापन र न्यूनीकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उनले बताए । नेपालको पर्यटकीय राजधानी पोखरा तालैतालको शहरका रूपमा परिचित रहेको स्मरण गराउँदै पाण्डेले यसले पर्यटन र आर्थिक गतिविधिमा ठूलो योगदान पुर्‍याएको बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  २ : ३७ बजे