८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

नागरिकमैत्री ट्राफिक व्यवस्थापनमार्फत उदाहरण बनेका प्रमुख एसएसपी अधिकारी पुरस्कृत



काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन उल्लेखनीय योगदान पुर्‍याएको भन्दै एसएसपी नवराज अधिकारी विशेष सम्मानद्वारा पुरस्कृत भएका छन् ।
काठमाडौँ उपत्यका कार्यालय प्रमुख एआईजी ईश्वर कार्कीले उपत्यकाको ट्राफिक व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण र प्रभावकारी चेकजाँच अभियानमा उत्कृष्ट नेतृत्व प्रदान गरेको भन्दै पुरस्कार प्रदान गरेका हुन् ।
एसएसपी अधिकारीले सडक सुरक्षालाई चुस्त बनाउन उनी स्वयं सडकमा खटिएर ट्राफिक व्यवस्थापनमा सुधार ल्याएका छन् । ट्राफिक प्रहरीको काम(कारबाहीलाई थप प्रभावकारी, अनुशासित र जनउत्तरदायी बनाउन उनेले खेलेको महत्वपूर्ण भूमिका प्रशंम्सनिय रहेको भन्दै नगद सहित पुरस्कृत गरिएको हो । अधिकारीले सडक अनुशासन चालक,पदैलयात्री र आम नागरिकले सबैले पालना गर्नुपर्ने भन्दै बिभिन्न सचेतनामुलक कार्यक्रममा नेतृत्वदायी भुमिका निर्वाह गरिहरेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ९ : ४१ बजे