१ असार २०८३, सोमबार | Mon Jun 15 2026

काठमाडौंको फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै



काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ । यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय ९पीआईडी०ले धोबीखोला, गुह्येश्वरी र कोड्कुलगायत क्षेत्रमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ ।

शुक्रबार पूर्वाधार विकास मन्त्रालय, पीआईडी तथा एसियाली विकास बैंक ९एडीबी०का प्रतिनिधिले गुह्येश्वरी र धोबीखोलामा निर्माण भएका प्रशोधन केन्द्रको संयुक्त अनुगमन तथा निरीक्षण गरेका छन् ।

गुहेश्वरी फोहर पानी प्रसोधन केन्द्र प्रतिदिन तीन करोड २५ लाख लिटर फोहर पानी प्रसोधन गर्न सक्ने क्षमताको निर्माण गरिएको जनाइएको छ ।

प्रशोधन केन्द्र सञ्चालनमा आएपछि वाग्मती तथा यसका सहायक नदीमा प्रत्यक्ष रूपमा मिसिने फोहोरपानीको मात्रा घट्ने, नदीको पानीको गुणस्तर सुधार हुने तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  ११ : ३७ बजे