१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

कांग्रेसले संसदमा भन्यो- संसद्‌मा सोधिएका प्रश्नको जवाफ महाधिवेशनमा दिएर हुँदैन



काठमाडौं । नेपाली कांग्रेसले संसद्‌मा गरिएका प्रश्नको जवाफ प्रधानमन्त्रीले पार्टीको महाधिवेशनमा दिएर नहुने टिप्पणी गरेको छ ।

आइतबार (असार १४) बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रोनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रहित, कूटनीतिक मर्यादा र संसद्सहित आफ्नो पदीय सम्मानभन्दा प्रतिपक्षीलाई जवाफ दिने विषयमा मात्र हेरेको आरोप लगाइन् ।
प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति सच्याउने भनेको राष्ट्रहित, कूटनीतिक मर्यादा र स्वयम् प्रधानमन्त्री पदको गरिमा जोगाउने विषय भएको उनले बताइन् । उनले विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री स्वयम् आएर अभिव्याक्ति सच्याउनु सबैभन्दा उपयुक्त विकल्प हुने उनले बताइन् ।
तर, प्रधानमन्त्रीले संसद्‌मा आएर जवाफ दिनुको साटो महाधिवेशनको हललाई यसको विकल्पका रूपमा रोज्नु उपयुक्त नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १ : १७ बजे