७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

सुनचाँदीको मूल्य फेरी बढ्यो



काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ५०५ निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको थियो ।
गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३७० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  १ : ०७ बजे