काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार (साउन ७)को कारोबारमा १४ अंकले बढेको छ । १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा उक्लिएको हो ।
यस दिन १५३ कम्पनीको सेयर मूल्य बढेको छ । १११ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
चार अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ७७ हजार २२२ कित्ता सेयर ५७ हजार ७८२ पटकमा किनबेच भएको हो ।
एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढेको छ ।





