१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता



काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरे।
भेटका क्रममा लामिछानेले समसामयिक राजनीतिक अवस्था तथा सुनसरी घटनाबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १ : ०८ बजे