जनकपुरधाम । सर्लाहीमा चार प्रर्दशनकारीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइदिएका छन् । शुक्रबार बरहथवा बजारमा प्रदर्शन गरिरहेका चारजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइदिएका हुन् । चार युवालाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बरहथवामा बुझाएको बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदीले जानकारी दिए ।
उनका अनुसार स्थानीय व्यापारीहरूले बाहिरबाट आउने केही व्यक्तिले प्रदर्शनको बहानामा बजारमा लुटपाट तथा तोडफोड गर्नसक्ने भएकाले प्रहरीमा बुझाएका छन् ।
१५ श्रावण २०८३, शुक्रबार
0
Shares





