२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढ्यो



काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो ।

महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार २ सय रुपैयाँ थियो । गत सोमबार सुनको भाउ २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १२ : ५६ बजे