६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त



काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। मुख्यसचिव गोविन्दबहादुर कार्कीले नियुक्तिको जानकारी दिएका छन्।
यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत गरेको छनोट प्रक्रियामा उत्कृष्ट तीन उम्मेदवारभित्र परेका थिए। उक्त प्रतिस्पर्धामा प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव पनि रहेका थिए। अनुभव, कार्यसम्पादन र योग्यताको मूल्याङ्कनपछि मन्त्रिपरिषद्ले साहलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  १२ : ३७ बजे