काठमाडौं । सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत एकजना करदाताले साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका छन् ।
शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका हुन् ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बम्पर उपहार खुला गरेका थिए ।
२२ श्रावण २०८३, शुक्रबार
112
Shares





