काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको उक्त भेटमा दुई देशबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको हो।
भेटघाटका क्रममा राजदूत श्रीवास्तवले भारत सरकारका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल-भारतबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, द्विपक्षीय विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्द्धनका विषयमा पनि संक्षिप्त कुराकानी भएको सचिवालयले जनाएको छ।
२५ श्रावण २०८३, सोमबार
42
Shares





