३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, हालसम्म डेढ लाखले गरे अवलोकन



काठमाण्डौ । भृकुटीमण्डपमा गएको मंगलबारदेखि शुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज समापन हुँदैछ ।
मेलाको पाँचौँ दिन हिजो शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका आयोजकले जनाएको छ । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको सङ्ख्या एक लाख ५० हजार नाघेको छ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) अनुसार एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा धेरैले अवलोकन गरेको तथ्याङ्क छ । मेलामा ५५ भन्दा बढी ब्रान्डका गाडी प्रदर्शनीमा छन् ।

अवलोकनकर्ताले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टीरग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राख्ने गरेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ११ : १२ बजे