२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै



काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार असोज १६ देखि १९ गतेसम्म तय भएको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिन लागेको हो ।
दिउँसो २ बजे कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा प्रशिक्षण कार्यक्रम हुने कांग्रेसले बताएको छ

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १२ : ३० बजे