३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त



काठमाडौँ I नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ ।

नवनियुक्त अध्यक्ष प्राडा पौडेलले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । 

डा पौडेल हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्नुभएको छ । 

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  १ : १३ बजे