१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

बाढी प्रभावितलाई नेपाल टेलिकम र एनसेलको निःशुल्क सेवा



काठमाडौँ । नेपाल टेलिकमले रसुवा लगायतका क्षेत्रका बाढी पीडितलाई निःशुल्क सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।

टेलिकमले अब रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावितलाई दुई दिनका लागि सेवा उपलब्ध गराउने घोषणा गरेको जानकारी दिएको छ ।

टेलिकमका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावितलाई दुई दिनका लागि प्रतिव्यक्ति प्रतिदिन ५० वटा एसएमएस र प्रतिदिन दुई जिबी डेटा उपलब्ध गराइएको छ ।

यसैगरी, एनसेलले पनि तीन दिनका लागि भ्वाइस, एसएमएस र डेटा निःशुक उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  १ : ४५ बजे