१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

प्रहरीको माइकिङ -तिब्बततर्फ पानीको ड्याम पुनः फुट्यो, सतर्क रहनू



काठमाडौं । चीनको तिब्बतमा पुनः पानीको ड्याम फुटेको खवर चिनिया पक्षले दिएको छ । ड्याम फुट्दा फेरि बाढी आउन सक्ने भन्दै नेपाल प्रहरीले सतर्क रहन नेपाल प्रहरीले जनाएको छ ।
“तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधरणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानरजानकारी गराउन अनुरोध छ,” नेपाल प्रहरीले शुक्रबार बिहान जारी गरेको सूचनामा भनिएको छ ।

यही भदौ १० गते बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै नुवाकोटको त्रिशूली नदीमा भीषण बाढी आएको थियो । बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको छ ।

अहिले ठूलो संख्यामा उद्धारकर्मी बाढी प्रभावित क्षेत्रमा खटिएका छन् ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  १२ : ०६ बजे