१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

प्रतिनिधि सभाको बैठक बुधबार बस्ने



काठमाडौँ -प्रतिनिधि सभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा बाढी आएपछि संसद् सचिवालयले ११ गते सूचना जारी गर्दै अर्को सूचना नआउदासम्मका लागि बैठक स्थगित गरेको थियो ।

बाढीले ठूलो मात्रामा जनधनको क्षती पुर्याएपछी संसद् बैठक बसेर उद्धार राहतका बारेमा छलफल गर्न प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ३ : ०४ बजे