२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार



नुवाकोट । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएको ब्यक्ति सञ्जय साह र कविर महर्जन रहेका छन् । जीवितै उद्धार भएका महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर हुनुहुन्छ भने साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हनुहुन्छ ।

सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उहाँहरूको उद्धार गरिएको हो ।

यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिबीच दोहोरो संवाद भएको थियो। उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै ढाडस दिँदा भित्रबाट ‘हुन्छ’ भन्ने स्पष्ट प्रतिक्रिया आएको थियो।

सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छ। सांसद न्यौपानेका अनुसार अन्य व्यक्तिको पनि उद्धारका लागि टोलीले प्रयास जारी राखेको छ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ११ : १५ बजे