काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले प्रधानमन्त्री राहात कोषमा ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । देशका विभिन्न भागमा गएको बाढी र पहिरोबाट प्रभावित भएकाहरूको उद्धार र राहतका लागि ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो।
शुक्रबार रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा प्राकृतिक विपद्का कारण भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कर्पोरेशनले सो रकम प्रदान गरेको हो। कर्पोरेशनका अनुसार कुल सहयोग रकममध्ये ५० लाख रुपैयाँ संस्थाको तर्फबाट र १० लाख रुपैयाँ कर्मचारीहरूको तलबबाट कट्टा गरी संकलन गरिएको हो।
‘प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि तत्काल सहयोग आवश्यक रहेको महसुस गरी सामाजिक उत्तरदायित्व एवं मानवीय सहयोग स्वरूप यो रकम उपलब्ध गराइएको कर्पोरेशनले जनाएको छ ।





