२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

पूर्वप्रधानमन्त्री कार्कीले भनिन् – नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था नबनोस्



काठमाण्डौ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने र यसका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन् ।
नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सामाजिक सञ्जालमा एक सन्देशमार्फत् उहाँले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गरेका छन्।

सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्नेमा उनको जोड थियो । नवयुवा आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्कीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै कैयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमेको बताउँदै उनल्े ले यी चोटका घाउ सायदै कहिल्यै पुरिने बताए।

नवयुवा आन्दोलनबाट भएको जनधनको क्षतिको एक वर्ष नबित्दै अहिले भोटेकोशी बाढीको अर्को पीडा थपेको र यो बेला धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन उनले सबैलाई आह्वान गरेका छन ।

भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ११ : ५३ बजे