५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक लामालाई उपचारका लागि पठाइयो अस्पताल



काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित एउटा गाडीमा आगलागी भएको छ । सोमबार (असोज ५)मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बसमा आगलागी भएको हो ।

ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी भएको हो । बसको चालक पनि गाडीभित्र रहेका थिए । आगलागी हुँदा घाइते भएका चालक दावा लामालाई अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : ०९ बजे