१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फर्किए



काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन् प्रधानमन्त्री शाह आज अपराह्न ४ः०० बजे अमेरिकाबाट स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री शाहले असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरे । त्यस क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेस तथा विभिन्न देशका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गरेका थिए ।
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मङ्गलवार अमेरिका प्रस्थान गरेका थिए ।

महासभामा उनले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राखेका थिए । महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।
उनले हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका नेपालजस्ता देशले त्यसको ठूलो मूल्य चुकाइरहेको धारणा राखेका थिए।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ५ : १२ बजे