१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

प्राकृतिक विपद्‌बाट गण्डकीमा २० जनाको मृत्यु



पोखरा । पछिल्लो समयको अविरल वर्षासँगै बाढीपहिरो र प्राकृतिक विपद्‌मा परी हालसम्म गण्डकी प्रदेशमा २० जनाको मृत्यु भएको छ । विभिन्न जिल्लामा बाढीपहिरो र हिमपहिरोमा परी उनीहरूले ज्यान गुमाएका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी क्षति बागलुङमा १० जनाको मृत्यु पुष्टि भएको छ । बागलुङको ताराखोला गाउँपालिकामा एक, निसीखोला गाउँपालिकामा पाँच र तमानखोला गाउँपालिकामा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, म्याग्दीमा बाढीपहिरोका कारण ६ जनाको ज्यान गएको छ । अन्नपूर्ण गाउँपालिकाका चार र मालिका गाउँपालिकाका दुईजना मृत्यु भएको हो ।

मनाङमा खसेको हिमपहिरोमा परेका चारजनाको शव फेला परेको छ । हिमपहिरोमा परी केही व्यक्तिहरू अझै बेपत्ता रहेका र उनीहरूको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ३ : २० बजे