१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

पृथ्वी राजमार्ग आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालन हुने



काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज (बुधबार) देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै थप पहिरोरअवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिएको हो ।

गत असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जानुका साथै सडक भासिएर यातायात अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरो र अवरोधहरू हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा मात्र सवारी आवागमन सुचारु रहेको प्रशासनले जनाएको छ ।

ूगत असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जानुका साथै सडक भासिएर यातायात अवरुद्ध भएको थियो,ू प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, थप पहिरोरअवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

हाल वर्षा रोकिएको भए तापनि राजमार्गका विभिन्न स्थानहरूमा पहिरोको जोखिम कायमै छ । जुनसुकै समयमा पनि पहिरो झर्न सक्ने सम्भावना रहेकाले प्रशासनले सम्पूर्ण सवारी चालक, यात्री तथा सर्वसाधारणहरूलाई अत्यन्त सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ९ : १५ बजे