२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

कांग्रेस महिला महामन्त्रीमा डिला संग्रौला विजयी



काठमाडौं । नेपाली कांग्रेसको महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको आइतबार राति भएको अन्तिम मतपरिणामअनुसार संगौलाले तीन हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।

उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ९डिना०ले दुई हजार ८६४ मत प्राप्त गरेकी छन् । त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरेकी छन् । पदाधिकारी सहित केन्द्रिय सदस्यको मतगणना जारी छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ९ : ४० बजे