काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फामा स्याउ टिप्दै गरेको बगैँचामा पर्यटक घुम्दै खरिद गर्न आइपुग्छन् ।
दसैँ अगाडि करिब ५० प्रतिशत स्याउ निकासी भएको मुस्ताङमा दसैँ पछाडि पनि बगैँचामा धमाधम स्याउ टिप्ने क्रम जारी छ । तिहार अगाडिसम्म करिब ८० प्रतिशत स्याउ निकासी हुने अनुमान गरिएको छ ।
यसबर्ष एक अर्ब १४ करोड रुपियाँको आठ हजार मेट्रिक टन स्याउ बिक्रीयोग्य रहेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ । चिसो हावापानी भएकाले कात्तिक महिनासम्म स्याउको गुणस्तरमा कुनै असर नगर्ने कार्यालयले जनाएको छ ।
११ कार्तिक २०८३, मंगलबार
625
Shares





