१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

संसदीय समितिमा पौडेलले भने- छानबिन प्रतिवेदन किन लुकाइयो ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विभिन्न छानबिन समितिका प्रतिवेदन सरकारले लुकाएको आरोप लगाएका छन् । सिंहदरबारमा सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा पौडेलले छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
उनले संसद् सञ्चालन गर्न र छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्न माग गरे । कांग्रेसका प्रतिनिधिसभा सदस्यहरूलाई समेत प्रतिवेदनमा उल्लेख भएका विषय सार्वजनिक गराउन भूमिका खेल्न उनले आग्रह गरेका छन् ।
“सरकार स्वेच्छाचारी भयो । संसदीय समितिका प्रतिवेदनमा के छ रु किन लुकाइयो रु सभामुखलाई संसद् सञ्चालन गर्न लगाउनुपर्‍यो । सञ्चार गृहअगाडि गाडीहरू राखिएको विषय लगायतका सत्यतथ्य बाहिर आउनुपर्‍यो । खोजी गर्नुपर्‍यो । संसद् बोलाउन सभामुखलाई आग्रह गरौँ,” उनले भने ।
कांग्रेसले सम्पत्ति छानबिन आयोग, सुरक्षा निकायको भूमिका छानबिन समिति, सुधन गुरुङको सम्पत्ति तथा लगानी छानबिन समिति, गणेश नेपाली आत्मदाह प्रकरण छानबिन समिति, कप्तानगन्ज घटना अध्ययन समिति, सिरहा–सप्तरी घटना छानबिन समिति तथा सञ्चारगृहअगाडि गाडी राखिएको घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

त्यस्तै, पत्रकारमाथिको धरपकड, न्यायपालिकामा देखिएका विकृति तथा अन्य घटनाको समेत छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, सोमबार  १ : १३ बजे