१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

भारतीय पर्यटकको गरियो हेलिकोप्टरमार्फत उद्धार



सुर्खेत । भारी हिमपातका कारण डोल्पाको शे—फोक्सुण्डो गाउँपालिका–८, दानीगढमा फसेका भारतीय पर्यटकको उद्धार गरिएको छ । सोमबार ९कात्तिक १६० बिहान ६ पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार, शेफोक्सुण्डो तालको अवलोकन सकाएर अपर डोल्पाको यात्रामा हिँडेका भारतीय ६ पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए ।

फसेका पर्यटकमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी थिए । उनीहरूलाई आइतबार ९कात्तिक १५० उद्धार गर्ने प्रयास गरिए पनि प्राविधिक समस्याका कारण हुन नसकेको उनले बताइन् । रासस

प्रकाशित मिति : १७ कार्तिक २०८३, सोमबार  १ : २१ बजे